नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘स्काईवाक टावर’ मा छूट
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकलाई काठमाडौंको कमलादीमा रहेको ‘स्काईवाक टावर’ मा विषेश छूट पाइने भएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र ‘वन्डर्स नेपाल प्रा.लि.’,काठमाडौंबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकलाई ‘स्काईवाक टावर’ प्रवेश शूल्कमा २० प्रतिशतसम्म विषेश छूट दिइने भएको हो । एनआईएमबीका ग्राहकले १ जनादेखि ५ जना सम्म टिकट खरिद गर्दा १५ प्रतिशत छूट र ५ जना भन्दा बढि संख्यामा टिकट खरिद गर्दा २० प्रतिशत छूट पाउनेछन्। छूट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्नेछ ।
बैंकले ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु दिँदै आएको छ ।