एशियन लाइफ इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

Image

काठमाडौं– एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद साधारण शेयर निष्कासनका लागि धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ । कम्पनीको १६औं वार्षिक साधारण सभाबाट पारित हाल कायम चुक्तापूँजीको ४२ प्रतिशत हकप्रद शेयर अर्थात् एक बराबर शून्य दशमलव ४२ अनुपातमा हकप्रद साधारण शेयर निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको बताइएको छ ।

हकप्रद शेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो ।

बीमा नियामक नेपाल बीमा प्राधिकरणले न्यूनतम चुक्तापूँजी रू। ५ अर्ब पुर्‍याउन दिएको निर्देशन बमोजिम एशियन लाइफले शेयर लाभांश र हकप्रद निष्कासनमार्फत चुक्ता पूँजी जुटाउन हाल कायम चुक्तापूँजीको ४२ प्रतिशत अर्थात् १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद शेयर जारी गर्न लागेको बताइएको छ ।

Tags: