अस्ताए प्रकट

Image

काठमाडौं – चर्चित गजलकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ। मंगलबार दिउँसो ४ बजेतिर उपचारको क्रममा पोखरामा उनको निधन भएको हो।

निमोनियाका कारण स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। मैगलबारै उनको उपचारमा सहयोग अभियान चलाइएको थियो ।


पोखरामा रहेर गीत र गजललाई प्रमुख विधाका रूपमा पंगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत संग्रह प्रकाशित छन् । यसबाहेक प्रणयवेदका ऋचाहरू (गजल संग्रह) र अक्षरभरि अक्षता (कविता संग्रह) उनका प्रकाशित कृतिहरू हुन् । श्रृङ्गारिक गजलमा चर्चा कमाएका प्रकटले धेरै गजल वाचन कार्यक्रममा सहभागी हुँदै आएका थिए ।

 

Tags: