लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आईद्वारा विभिन्न अवार्ड वितरण

Image

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको लायन वर्ष २०२३÷२४ को अवार्ड वितरण समारोह सम्पन्न भएको छ । ‘नेतृत्वका लागि उत्प्रेरित गरौं’ भन्ने नाराका साथ ३२५ आई नेपालको लायन वर्ष २०२३÷२४ मा उत्कृष्ट कार्य सम्पादन गर्ने लायन्स सदस्य एवं क्लबको सम्मानमा शुक्रवार काठमाडौं बसुन्धरास्थित दियालो फुडल्याण्डमा वितरण समारोह सम्पन्न भएको हो ।

लायन वर्ष २०२३÷२४ का डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले आफ्नो गभर्नर कार्यकालमा डिष्ट्रिक्टलाई सफल बनाउन उत्कृष्ट कार्य गर्ने एवं विशिष्ट योगदान पु¥याउने लायन्स तथा क्लबलाई सम्मान तथा अवार्ड वितरण गर्न पाँउदा अत्यन्त खुशी लागेको बताए ।

केसीले वर्ष भरि महत्वपूर्ण सहयोग गर्ने एलसीआईएफ एरिया लिडर राजन लम्साल, पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, पूर्व डिष्ट्रिक्ट गभर्नरद्वय राम बसेल र इन्दु लम्साल, लायन वर्ष २०२३÷२४ का प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर हालका गभर्नर विनोद ढुंगाना, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, क्याबिनेट सेक्रेटरी महेश पाण्डे, क्याबिनेट ट्रेजरर सन्तोष रावल, डिष्ट्रिक्ट चिफ एडभाइजर सूर्यकुमार केसी लगायतलाई सम्मान तथा अवार्ड वितरण गरिएको हो ।

समारोहमा लायन्स अफ दि एयर २०२३÷२४ का क्याविनेट सेक्रेटरी महेश पाण्डे घोषित भए भने इन्सपाएर टु लिड अफ दि एयर जोन चेयरपर्सनतर्फ नारायण रेग्मी, एडिशनल डिष्ट्रिक्ट को–अर्डिनेटरमा रामहरि सिलवाल, डिष्ट्रिक्ट को–अर्डिनेटरमा क्रमशः विनय अग्रवाल, ऋषि गिरी र अमृत शोभा खत्रीले प्राप्त गरे ।

त्यस्तै, बेस्ट क्याबिनेट अफिसर अफ दि एयरमा डिष्ट्रिक्ट चिफ रहमोहन सुवेदी, बेस्ट रिजन चेयरपर्सन केदारप्रसाद न्यौपाने, बेस्ट जोन चेयरपर्सन ज्ञानबहादुर राना, बेस्ट क्लब प्रेसिडेन्ट अफ दि एयर केदारप्रसाद दवाडी, बेस्ट क्लब अफ दि एयरमा काठमाडौं तारकेश्वर गोमा दवाडी, बेस्ट सर्भिस अवार्ड अफ दि एयर सरिता चापागाईं, बेस्ट कन्ट्रिब्यूसन अवार्ड मिना पौडेल, मेम्बरशिप च्याम्पियन क्लब अफ द एयर तारकेश्वर गोलढुंगा, बेस्ट ह्युमाटेरियन क्लब अफ द एयर काठमाडौं रक्तदाता समूह, बेस्ट क्लब मोफसल अवार्ड पर्वत गुप्तेश्वर, डेडिकेटेड क्लब काठमाडौं टेम्पल गणेश, बेस्ट न्यू क्लबमा काठमाडौं पिस वर्ड लगायतका विभिन्न व्यक्ति र क्लबलाई सम्मान गरिएको थियो ।

समारोहका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रियका एलसीआईएफ एरिया लिडर राजन लम्साल, डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, लायन वर्ष २०२४∕÷२५ का डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगाना, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसी, पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, इन्दु लम्साल लगायतले अवार्ड वितरण गरेका थिए ।


अवार्ड वितरण समारोहमा प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफका एरिया लिडर राजन लम्सालले लायन्सले समाजसेवामा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउँदै समाजसेवा गाह्रो काम भएपनि लायन्सले विना स्वार्थ समाजसेवाको क्षेत्रमा थुप्रै काम गरेकोमा खुशी व्यक्त गरे । गभर्नर केसीले आफ्नो लक्ष्य अनुरूप कार्य सम्पादन गरी नेपालको ५३ वर्षे लायनवादको इतिहासलाई ब्रेक थ्रु गर्दै लायन्स अन्तर्राष्ट्रियबाट सर्वोत्कृष्ट पदक जेसी रोबिन्सन अवार्डद्वारा डिष्ट्रिक्टलाई सम्मानित गराउन सफल भएकोमा गभर्नर कार्यकाल इतिहासको स्वर्णिम कार्यकाल भएको बताए ।

 

Tags: