नयाँ वर्षमा गरिमा विकास बैंकको क्यासब्याक अफर

Image

काठमाडौं – नयाँ वर्ष २०८१ लाई लक्षित गरी गरिमा विकास बैंक लिमिटेडले कुनै पनि सेवा तथा सामान खरीद गरी बैंकको डेबिट÷क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१ प्रतिशत वा अधिकतम रू. २०० नगद फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताले नेपालभित्र पीओएस मेसिनमार्फत कारोबार गर्दा अधिकतम रू. २०० सम्म नगद फिर्ता पाउन सहायक प्रमुख कार्यकारी अघिकृत अनिल रेग्मीले जानकारी दिए ।

नगदरहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि ०१ वैशाख २०८१ देखि ०३ वैशाख २०८१ सम्म रहने बताइएको छ । साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुवात गरेको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ एटीएम एवं विभिन्न डिजिटल बैकिङ माध्यमबाट सरल, सुरक्षित एवं गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

 

 

Tags: