चालू आर्थिक वर्षको ६ महिनामा आयात निर्यात सबै बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा आयात बढेको देखिएको छ। गतवर्षको सोही अवधिको तुलनामा ७.०६ प्रतिशतले आयात बढेको देखिएको हो। भन्सार विभागले जारी गरेको पछिल्लो तथ्यांक अनुसार चालू आर्थिक वर्षको ६ महिनामा ८२ अर्ब २३ करोड ७० लाख रुपैयाँको आयात भएको छ। गतवर्षको सोही अवधिमा ७६ अर्ब ८१ करोड ६६ लाख रुपैयाँ बराबरको आयात भएको थियो।
गतवर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको निर्यात पनि बढेको पाइएको छ। चालु आर्थिक वर्षको ६ महिनामा ३१.७८ प्रतिशतले निर्यात बढेको हो। चालू आर्थिक वर्षको ६ महिनामा ९ अर्ब ८७ करोड ८९ लाख रुपैयाँको निर्यात भएको छ, गतवर्षको सोही अवधिमा ७ अर्ब ४९ करोड ६८ लाख रुपैयाँको निर्यात भएको हो।