प्रभु स्टक मार्केटको औपचारिक उद्घाटन

Image

काठमाडौं - प्रभु बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडको बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौलाले एक समारोहकाबीच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरेका छन् ।

सो कार्यक्रममा शुभकामना मन्तव्य दिँदै अध्यक्ष सिटौलाले बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे । उनले व्यावसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकासमा आफ्नो तर्पmबाट केही योगदान गर्ने कार्य प्रभावकारी रूपमा प्रभु स्टक मार्केट लिमिटेडले सफलता पाउन सकोस् भनी शुभकामना समेत व्यक्त गरेका थिए ।

सोही कार्यक्रका विशेष अतिथि बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकामा खुसी लागेको भन्दै शुभकामना व्यक्त गरेका थिए । प्रभु स्टक मार्केटका प्रमुख कार्यकारी अधिकृत भीष्मप्रसाद उप्रेतीले उपस्थित सबैलाई धन्यवाद दिंदै ब्रोकर कम्पनीको रूपमा स्थापित यस संस्थाले धितोपत्र खरिदविक्री सम्बन्धी सम्पूर्ण सेवाहरू एकै ठाँउबाट सरल र सहज रूपमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

काठमाडौंको बुद्धनगर – १०, नयाँबानेश्वर काठमाण्डौमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको अधिकृत तथा चुक्ता पुँजी रू. २० करोड रहेको बताइएको छ ।

 

Tags: