अर्थतन्त्रको विकासमा सहकारीको योगदान देखिने गरी समस्या समाधान गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

Image

काठमाडौं–उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको अर्थतन्त्रको विकासमा सहकारीको महत्वपूर्ण योगदान रहेकाले उक्त तथ्य देखिने गरी विद्यमान समस्या समाधान गर्नुपर्ने बताए । नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन र विकासको प्रक्रियालाई तिव्र पारेर अगाडि बढ्नका लागि जति नीजि क्षेत्रको आवश्यकता छ त्यति नै सहकारकिो समेत आवश्यकता रहेको उनले औंल्याए ।  

उक्त कुरा उनले राष्ट्रिय सहकारी महासंघद्वारा १०२ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, ३० औं संयुक्त राज्य अन्तर्राष्ट्रिय सहकारी दिवस र ३१औं राष्ट्रिय सहकारी महासंघ स्थापना दिवस मनाउन आयोजित विशेष समारोहलाई शनिवार संबोधन गर्दा बताएका हुन्।

‘नेपालमा सहकारी आन्दोलनलाई व्यवस्थित रुपमा अगाडि बढाएरमात्रै नेपालको आर्थिक विकासलाई तिव्र पार्न र सहि दिशामा लैजान सकिन्छ भने हामीले गरिराईका साथ बोध गर्न जरुरी छ ।’ उनले भने, ‘सहकारीको महत्वलाई आत्मसाथ गर्ने र त्यसको निम्ति जे जे व्यवस्था गर्नुपर्ने हो त्यस दिशामा जानका लागि अझै पनि मेहेनत गर्नुपर्ने आवश्यक देखिन्छ ।’

सरकारमा सहकारीको विषयमा ठूलो बहस भएको उनले बताए । केही सहकारीमा मात्र समस्या देखा परेको भन्दै उनले त्यसले अर्थतन्त्र र जनजीवनमा समस्या पैदा गरेको बताए । 

‘सहकारीका साँच्चै अर्थतन्त्रको आवश्यक खम्बा हो कि होइन ? सहकारीविना नेपालमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुन सक्छ ? नेपालको अहिलेको आवश्यकता आर्थिक वृद्धि र समृद्धिको प्रक्रिया सहकारी विना सम्भव छ त ? छैन भन्ने निष्कर्षलाई गहिरोगरि आत्मसाथ गर्नुपर्ने निस्कर्षमा हामी छौं,’ उनले बताए ।

उनले सहकारीलाई पुनः परिभाषित गर्नुपर्ने, यसको मर्म प्रष्ट पार्नेगरी सहकारी ऐनमा संशोधन गर्नुपर्ने, अनुगमन प्रभावकारी गर्नुपर्ने, बचत तथा कर्जा सुरक्षण कोष बनाउनुपर्ने, समस्या छिटो छानविन गरेर बाँकी छानविनका लागि सिआइबीलाई पठाइहाल्नुपर्ने र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा प्रयाप्त जनशक्ति उपलब्ध गराउने विषयमा सरकारले आवश्यक निर्णय समेत गरेको बताए । उनले सहकारीमा पनि समस्या आउनुमा राजनीतिको भूमिका रहेको औल्याए । 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारी आपैंm पिल्सिएको अवस्थामा रहेको बेला नियामक निकायले समेत अधिकार प्रयोगका नाममा डण्डा चलाउन खोजेको गुनासो गर्दै केही औलामा गन्न सकिने सहकारीहरुले गलत गरे भन्दैमा सिङ्गो सहकारी अभियानप्रति नै पूर्वाग्रही हुन नमिल्ने बताइन् ।

पूर्वमन्त्री एवं राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष केशवप्रसाद बडालले सहकारी जागरण अभियान बढाउनुपर्ने आवश्यकता औल्याउँदै संयुक्त राष्ट्र संघले अगाडि सारेको दीगो विकास लक्ष्य हासिल गर्न सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा महासंघका सल्लाहकार खगराज अधिकारीले सरकारी नियामक निकायल सहकारीकर्मीहरुलाई तर्साउने बदनियतले आदेशहरु जारी गर्न नहुने बताउँदै सहकारी क्षेत्र संवेदनसील भएकाले गम्भीर रूपमा उपचार गर्नुपर्ने बताए । साथै उनले सहकारी आप्mनै सिद्धान्त, मूल्य, मान्यता र आदर्शबाट सञ्चालन हुने सहकारीको नाममा केही सहकारी संस्थाहरुले गरेको बदमासिले अभियान नै बदनाम भएको प्रति सबै सरोकारवालाहरु सचेत हुनुपर्ने बताए ।

महासंघका सल्लाहकार लिलामणि पोखरेलले नेपालको सहकारी अभियानले राष्ट्रिय पुँजी निर्माणमा पु¥याएको योगदानलाई नजर अन्दाज गर्न नमिल्ने बताए । साथै उनले समस्या आयो भन्दैमा डराएर भागिहाल्नुपर्ने अवस्था नरहेकाले सहकारीको सुद्धिकरण र सुदृढीकरणमा लाग्नुपर्ने बताए ।

महासंघका सल्लाहकार देबेन्द्र कंडेलले सहकारीले समाजको तल्लो वर्गलाई दिएको बित्तीय सेवालाई कसैले पनि नजरअन्दाज गर्न नमिल्ने बताउँदै राजनीतिक दलहरुले न्यायका लागि काम गर्न बन्द गरेकाले देशमा आर्थिक अराजकता बढेको विचार व्यक्त गरे । साथै उनले ऋण असुली गर्न र पीडितको बचत फिर्ता गर्न सरोकारवालाहरु सबै लाग्नुपर्ने बताउँदै सहकारीको सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई जोगाउन अभियान लाग्नुपर्ने बताए ।

युएनडीपीको आवासीय प्रतिनिधि आइसाने मेडागान्गोडालाबेले सहकारी क्षेत्र तल्ला वर्गको उत्थानका लागि महत्वपूर्ण क्षेत्र रहेको बताए । महासंघका सञ्चालक सुमन नेपालले सञ्चालन गरेको उक्त समारोहमा महासंघका वरिष्ठ उपाध्यक्ष लगायतका वक्ताहरुले आ–आप्mनो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उक्त समारोहमा संयुक्त राष्ट संघ, युएनडिपीका प्रतिनिधि, महासंघका सल्लाहकारहरु लगायतका विशिष्ठ सहकारीकर्मीहरुको उल्लेखित उपस्थिति रहेको थियो । 
जुलाई महिलाको पहिलो शनिवार विश्वभरि नै अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । 

Tags: