प्रधानमन्त्रीमाथि ‘फेक’ डकुमेन्टमार्फत आरोप लगाउने दुर्गा प्रसाईं सीआईबीको नियन्त्रणमा

Image

File photo

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली माथि गैरकानूनी लगानीको गम्भीर आरोप लगाउने मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईंलाई मंगलवार सीआईबीको टोलीले उनको निवास भक्तपुरबाट पक्राउ गरेको हो ।

प्रसार्इंले प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा लगानी गरेको प्रमाण भन्दै कागजपत्र सार्वजनिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ।

उनले पक्राउ अघि सोमवार आफूले कम्बोडियामा ओलीको लगानी रहेको विषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेसँगै सरकारले फेरि झुटो मुद्धा लगाई पक्राउको तयारी गरेको बताएका थिए । ‘मलाई साइवर क्राइम, राज्यद्रोह वा अन्य जुनसुकै मुद्धामा पक्राउ गरेपनी सचेत र चनाखो रहन आग्रह गर्दछु,’ उनले भने, ‘हामी चुप लागेर बस्दा सम्म यी र यस्ता सामन्त शासकले हामीलाई जेल कोच्ने र देश लुट्ने काम गरिरहनेछन् । राजधानी केन्द्रित रही आन्दोलनको आँधिवेहरीका लागी तयार रहनुहुन सबै देशभक्त नागरिकमा हार्दिक अपिल गर्दछु ।’

प्रहरीका अनुसार प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको छ ।

 

 

Tags: