प्रभु बैँक र ¥याडिसन होटलबीच छूट सम्झौता

Image

काठमाडौं – प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई लाजिम्पाट, काठमाण्डौं स्थित ¥याडिसन होटल, काठमाण्डौंसँग होटलका विभिन्न सेवामा छूट दिने सम्झौता भएको छ । ¥याडिसन होटल, काठमाडौं अन्तराष्ट्रिय होटल चेन अन्तर्गत विगत दुई दशक भन्दा बढी समय देखि नेपालको पर्यटकीय तथा अतिथि सत्कार सेवालाई निरन्तर रुपमा टेवा दिइरहेको पाँच तारे होटल हो ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा बैंकका चिफ मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल र मार्केटिङ्ग म्यानेजर सविन राणा तथा होटलका निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गाना द्धारा हस्ताक्षर गरिएको छ ।

सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधा मध्ये खाना, पेस्ट्री सप, ट्र«ानक्युलिटी स्पाका साथै होटलले संचालन गरेको विभिन्न रेस्टुरेन्टमा १० देखि २० प्रतिशतसम्म भुक्तानीमा छूट पाउनेछन्।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।

 

Tags: