‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ मा इन्द्रप्रसाद गुरागाईंलाई हुन्डाई एक्स्टर

Image

काठमाडौं – हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं र तिहारको अवसरमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०८०’ अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ ।

अफरअनुसार हरेक नयाँ हुन्डाई गाडीको खरीदमा ग्राहकले ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छूट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, स्क्राच कार्डमार्फत थप १ लाखसम्मको नगद छूट र बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत १ जना विजेतालाई एक्स्टर कार जित्ने मौका थियो ।

यसअनुसार सुनसरीका इन्द्रप्रसाद गुरागाईं (कुपन नम्बर ५३)ले हुन्डाई एक्स्टर जितेका हुन् । उनी अलायन्स मोटर्स प्रालि हुन्डाई बिर्तामोडका ग्राहक हुन् । विजेताको घोषणा हुन्डाई नेपालको फेसबुकमा लक्की ड्रमार्फत सोमवार गरिएको हो ।

Tags: