गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी

Image

काठमाडौं – गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालन समितिको सोमवार सम्पन्न बैठकको निर्णय अनुसार सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत अनिल रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट रेग्मीलाई असोज १ गतेदेखि लागू हुने गरी उक्त पदमा नियुक्त गरिएको हो । उनी गत चैत १५ गतेदेखिबैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए ।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीसँग तत्कालिन जनता बैंक र तत्कालिन सेन्चुरी कमर्शियल बैंकमा ११ वर्षसहित बैंकिङ क्षेत्रको व्यवस्थापन तहका रही करीब १३ वर्ष काम गरेको अनुभव छ । बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रहेका रेग्मीसँग बैंकिङ लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाको लेखापरीक्षण कार्य गरको अनुभव समेत रहेको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकलार्ई सेवा प्रदान गर्दै आएको छ ।

 

Tags: