कृष्णमूर्ति महाराजको फर्जी ‘प्रहरी क्लिन चिट’ !

Image

काठमाडौं – एकमहिने कोटिहोम सकाएका महायज्ञ आयोजक मानव सेवा फाउन्डेसनका संस्थापक विजय भण्डारी उर्फ विजय कृष्णमूर्ति महाराज फेरि विवादमा आएका छन् ।  महायज्ञ समापनको दिन शुक्रबार राति भने भण्डारीलाई खोज्दै प्रहरी महायक्ष स्थलमा पुग्यो । त्यसपछि त्यहाँ होहल्ला र तनावको स्थिति आयो ।

भण्डारीले फेसबुकमा आएर गुहार मागे । ‘साथीहरू मलाई पक्राउ गर्न प्रहरी आएको छ, सबै भक्तजन साथीहरू पशुपतिमा आउनूस्, प्रतिकार गर्नूस्, ’ उनले भने । त्यसपछि नाराबाजीमा उत्रिएका उनका समर्थक तथा सहयोगीहरूले प्रहरीमाथि नै आक्रमण गर्न थाले। अन्ततः सादा पोसाकमा खटिएका प्रहरी त्यसै फर्किन बाध्य भए।

उनले आफूले हिन्दुराष्ट्र माग्दा सरकारले प्रहरी परिचालन गरेको उनको आरोप थियो । तर प्रहरी त्यहाँ पुग्नुको कारण अर्कै थियो । प्रहरीले उनलाई ‘प्रहरी चारित्रिक प्रमाणपत्र’ फर्जी बनाएको आरोपमा सोधपुछ गर्न गएको बताइएको छ ।

पटक पटक प्रहरीको कब्जामा परिसकेका भण्डारीले आफै प्रहरीको ‘क्लिन चिट’ दिएको आरोप छ । प्रहरीका अनुसार यसअघि उनी विभिन्न मुद्दामा पक्राउ परेको र ठगी मुद्दामा ठगी मुद्दामा १ वर्ष २ महिना जेल बसेर ८१ लाख ८५ हजार जरिवाना तिरेको अभिलेख छ। तर भण्डारीले आफूलाई कुनै मुद्दा नलागेको भनेर प्रहरीबाट ‘क्लियर’ प्रमाणपत्र लिएको पाइएको प्रहरीको दाबी छ । प्रहरीले सोही कागजात बारे सोध्न उनीसँग छलफल गरेको थियो ।

 

Tags: