गरिमा विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा छूट

Image

काठमाडौं– गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यावसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छूट प्राप्तगर्ने भएका छन् । शिक्षा,स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्ताहरूसँगको समन्वयमा विकास बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था विकास बैंकले मिलाएको हो ।

सम्झौतापश्चात् बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकले उक्त संस्थाले उपलब्ध गराउने विभिन्न साम्रगी तथा सेवामा विशेष छूट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकले यूएसएमा आधारित कोडिङ शैक्षिक संस्था कोडिङ्गलको अधिकृत साझेदार मेन्टोरल्याव ईडीएक्सले प्रवाह गर्ने सेवामा अधिकतम ६० प्रतिशतसम्म छूट पाउने छन् । मेन्टोरल्याव ईडीएक्सले  बालबालिकाहरुलाई कोडिङ र एआई बुझ्न विशेष मद्दत गर्ने गर्ने बताइएको छ ।

यसैगरी विकास बैंकका ग्राहकहरुले लगनखेल ललितपुरमा अवस्थित पेडल साईकल हाउसमा साइकल खरिदमा अधिकतम १५ प्रतिशत र तिलोत्तमा–५ रुपन्देहीमा अवस्थित एनजी मार्केटका वस्तु तथा सेवामा अधिकतम् १० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।


काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

 

Tags: