मैदा उद्योगीको चिन्ता : आयात गरिने गहुँमा लागेको २ दशमलव ५ प्रतिशत अग्रिम आयकर थेग्न सकिन्न

Image

काठमाडौं – नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि ल्याएको वार्षिक बजेटमा कच्चापदार्थ गहुँको आयातमा लागेको अग्रिमकरले व्यवसाय अगाडि बढाउन नसकिने भन्दैै नेपाल मैदा उद्योग संघले चिन्ता व्यक्त गरेको छ । गहुँबाट आटा, सुजी, चक्की आटा, चोकर जस्तो खाद्यवस्तु उत्पादन गर्ने उद्योगलाई यो अग्रिम आयकरको भारले प्रत्यक्ष मार पर्ने उनीहरुको बुझाइ छ । कृषिमा आधारित मैदा उद्योगलाई प्रत्यक्ष असर पर्ने भएकोेले मैदा उद्योगको कच्चापदार्थ गहुँमा लागेको अग्रिम आयकर हटाउन संघले आग्रह गरेको छ।


औद्योगिक प्रयोजनको लागि भारतबाट आयात हुने गहुँ र व्यापारीले आयात गर्ने तयारी मैदा दुवैको भन्सार महसुल र अग्रीम आयकर हेर्दा अब कच्चावस्तु भन्दा तयारी वस्तु नेपालमा आयात गर्न सस्तो (गहुँको कर बढी र मैदाको कर कम ) हुने देखिने व्यवसायीले बताएका छन्। जसले गर्दा स्वदेशी मैदा उद्योग धारासाही हुने निश्चित भएको उनीहरूको भनाइ छ।


कृषिमा आधारित मैदा उद्योगबाट उत्पादित मैदा÷आटा देशमा आत्मनिर्भर भएको खाद्यवस्तु रहेको र कच्चा पदार्थ गहुँ र तयारी मैदा आयातमा समान कर लगाउदा भोलिका दिनमा स्वदेशी मैदा उद्योग धमाधम बन्द भई ठुलो लगानी जोखिममा पर्न जाने उद्योगीको भनाइ छ । व्यापारिक प्रयोजनको लागि आयात गरिने गहुँ र मैदामा कर लगाउँदा हुने भन्दै उद्योगीले स्वदेशी उद्योगले औद्योगिक प्रयोजनको लागि आयात गर्ने गहुँमा अग्रिम आयकर नलगाउन आग्रह गरेका छन्।

गहुँमा अग्रिम आयकर लगाउँदा के के असर पर्छ त ? उद्योगीको निश्कर्ष छ ः
 
१.विगत ५ वर्षदेखी देशमा आत्मनिर्भर भएको मैदा उद्योगमा भारी नोक्सानी भई उद्योग बन्द हुने ।

२.समायोजन नगरेको रकम (अग्रिम आयकर र बर्षको तिर्नु पर्ने आयकरको ब्यालेन्स रकम) अर्को वर्षको लागि अग्रेशन गर्न अनुमति दिएको छैन र यसलाई खर्चको रुपमा पनि हामी बुक गर्न सक्दैनौं । यसमा आयकरको ऐनको प्रावधान प्रष्ट छैन ।

३.अग्रिम आयकरको रकम जुनकी आयकरबाट असुल गर्न मिल्ने अवस्था छैन । त्यसमा पनि बिक्री गर्नु भन्दा पूर्व लागतको रुपमा अग्रिम आयकरलाई जोडन एकाउन्टिङ प्रिन्सिपलको आधारमा नमिल्ने भएकोले यहाँ लागत बढी र विक्री रकम घट्न आउँछ जुन कुनै हालतमा उपयुक्त देखिँदैन ।

४. अतिरिक्त महसुलले मैदा÷आटाको मुल्य बढ्न गई आयातित मैदासँग प्रतिस्पर्धा गर्न नसक्ने ।

५. मैदा/आटा/चोकरको अबैध आयातलाई प्रोत्साहन मिल्छ र राज्यको राजस्वमा नकारात्मक असर पर्न जान्छ ।

६. अर्बाैको स्वदेशी लगानी डुब्ने सम्भावना र रोजगारीमा प्रत्यक्ष असर पर्छ ।

७. स्वदेशी मैदा उद्योग बन्द हुँदा आयातित मैदा÷आटा÷चोकरमा भर पर्नुपर्ने र उपभोक्ताले गुणस्तरीय पिठो खानबाट बन्चित हुने ।

 

Tags: