ग्लोबल आइएमई बैंकका ग्राहकलाई ¥याडिसन होटलमा छूट

Image

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडका डेबिट तथा क्रेडिट कार्डवाहकलाई ¥याडिसन होटल काठमाडौंले १५ प्रतिशतसम्म छूट प्रदान गर्ने भएको छ ।
छूटसम्बन्धी समझदारीमा बैंकका चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र होटलका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बैंकका डेबिट र क्रेडिट कार्डवाहकले ¥याडिसनका सेवामा १५ प्रतिशतसम्म छूट प्राप्त गर्नेछन् । होटलका सेवामध्ये खाना, पेस्ट्री सप, ट्रानक्युलिटी स्पाका साथै होटलले सञ्चालन गरेको एयरपोर्ट रेस्टुराँमा पनि छूट उपलब्ध हुने बताइएको छ ।

ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी बैंकले विभिन्न संघ संस्थासँग समन्वय गरी यस्ता किसिमका योजना ल्याएर ग्राहकलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको छ । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनओटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दाबढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

 

Tags: