अन्टार्टिका पुग्ने व्यसायी खेमराज संग्रौलालाई इक्यानको सम्मान

Image

काठमाडौं – शिक्षा परामर्श क्षेत्रको प्रतिष्ठित संस्था इक्यानले खेमराज संग्रौलालाई अन्टार्टिका पुग्ने असाधारण उपलब्धिको लागि विशेष सम्मान प्रदान गरेको छ। उनको त्यो उपलब्धीले नेपाली उद्यमशीलता, साहस र अन्वेषणलाई नयाँ उचाइमा पु¥याएको इक्यानको ठहर छ।

संग्रौला नेपाली उद्यमी, समाजसेवी तथा अन्वेषकका रूपमा परिचित छन्। उनले शिक्षा, सामाजिक कार्य र अन्वेषणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याएको बताइएको छ। हाल उनी एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेजका नेपाल निर्देशकका रूपमा कार्यरत छन्। उनले सन् १९९७ (वि.सं. २०५४) देखि अन्तर्राष्ट्रिय शिक्षाका क्षेत्रमा सक्रिय रहँदै आएका संग्रौलाले हजारौं विद्यार्थीलाई विदेश अध्ययनका लागि मार्गदर्शन गर्दै आएका छन्।

‘अन्टार्टिका पुग्नु केवल भौगोलिक यात्रामात्र नभएर चरम कठिनाइ र साहसको परीक्षा पनि हो,’ इक्यानले भनेको छ, ‘अत्यन्तै चिसो तापक्रम, कठोर वातावरण र सीमित स्रोतसाधनबीच यात्रा गर्नु सामान्य कुरा होइन। संग्रौलाको यस यात्राले साहस, धैर्य र इच्छाशक्तिको अद्वितीय उदाहरण प्रस्तुत गरेको छ।’

संग्रौला सामाजिक सेवामा पनि सक्रिय रहेका छन्। विभिन्न समाजसेवी गतिविधिहरूमा संलग्न रहँदै उनले नेपाली समाजलाई सकारात्मक दिशामा डोर्याउने प्रयास गरेको बताइएको छ। इक्यानले संग्रौलाको यस उपलब्धिलाई उच्च सम्मान गर्दै, उनलाई नेपालकै गौरवका रूपमा हेरिएको उल्लेख गरेको छ। उनका यसखाले उपलब्धिहरूले नेपाली युवाहरूलाई प्रेरणा दिने विश्वास लिइएको इक्यानले जानकारी दिएको छ।

 

Tags: