समृद्धि फाइनान्सको निःशुल्क दन्त तथा आँखा शिविर, ६ सयभन्दा बढी लाभान्वित

Image

काठमाडौं – समृद्धि फाइनान्सको पुतलीसडक शाखाले शुक्रवार ‘एकदिने निःशुल्क दन्त तथा आँखा परीक्षण र परामर्श शिविर’ सम्पन्न गरेको छ । 
 आर्सिया डेन्टल तथा जेजिएसआई केयरको प्राविधिक सहयोगमा भएको शिविरमा आँखा तथा दन्त रोगका विशेषज्ञ डाक्टरले सेवा प्रदान गरेका थिए ।  

सो कार्यक्रममा दन्त परीक्षणअन्तर्गत २८० जना र आँखा परीक्षणअन्तर्गत ३२९ जना सेवाग्राहीले परीक्षण तथा परामर्श सेवा लिएको बताइएको छ ।
 संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक महीना फरक फरक कार्यक्रम तय गरेकोमा चैत महीनाको लागि निःशुल्क दन्त तथा आँखा शिविर कार्यक्रम गरेको बताएको छ ।
 

Tags: