नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई रकम सहयोग

Image

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले हालै परेको अविरल वर्षाको कारण काठमाडौं उपत्यका लगायत मुलुकभर बाढी, पहिरो र डुवानमा परी ठूलो धनजनको क्षति भएकोमा विपतको यस्तो दुखद घडीमा खोज, उद्धार र राहतमा केही सहयोग पुगोस् भन्ने हेतुले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रू. २५ लाख सहयोग गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका थिए।

 

Tags: