वैदेशिक रोजगार कम्पनी ग्लोकल वर्कफोर्स नेपाल र युवा व्यवसायी श्रेष्ठ सम्मानित

Image

काठमाडौं । नेपाल सरकारबाट इजाजत प्राप्त वैदेशिक रोजगार कम्पनी ग्लोकल वर्कफोर्स नेपालसँगै वैदेशिक रोजगारी र पर्यटन व्यवसायको क्षेत्रमा सक्रिय युवा व्यवसायी अजयकुमार श्रेष्ठ सम्मानित भएका छन् । श्रेष्ठलाई युवातर्फ ‘राष्ट्रिय गौरव सम्मान, २०२४’ बाट सम्मानित गरिएको हो भने ग्लोकल वर्कफोर्स नेपाल मानव संसाधन र वैदेशिक रोजगारीको विधामा इमर्जिङ ह्युमन रिसोर्स एजेन्सी राष्ट्रिय गौरव सम्मानबाट विभुषित भएको हो ।

सम्मानित श्रेष्ठ वैदेशिक रोजगार कम्पनी ग्लोकल वर्कफोर्स नेपालका चेयरम्यान साथै स्वतः ट्राभल्स एन्ड एड्भेन्चरका प्रबन्ध निर्देशक पनि हुन । उनी युनेस्को क्लब नेपालका केन्द्रिय सदस्य पनि हुन । श्रेष्ठले व्यवस्थापन सङ्कायमा स्नाकोत्तर गरेका छन ।

नेपाल टेलिभिजनबाट सचेतना कार्यक्रम संचालन गर्दै आएको ग्लोरी मिडियाले सो कार्यक्रम प्रसारण भएको १५ वर्ष पुगेको अवसर पारेर विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वसहित केही संस्थाहरुलाई राष्ट्रिय गौरव सम्मान प्रदान गरेको थियो  ।

ग्लोकल वर्कफोर्स नेपालले नविनतम अवधारणासहित छोटो समयमा नवप्रवर्तन कम्पनीको रुपमा सेवा प्रवाह गरेकाले र श्रेष्ठलाई विगत लामो समयदेखि नेपालको पर्यटन विकास तथा पछिल्लो समय वैदेशिक रोजगारको क्षेत्रमार्फत देश विकासमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै उक्त सम्मान गरिएको आयोजक ग्लोरी मिडियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक सरोज ओझाले बताए ।

व्यवसायी श्रेष्ठलाई मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक तथा वैदेशिक रोजगार पत्रकार समाजका पूर्वअध्यक्ष मदनकुमार श्रेष्ठले सम्मानपत्र प्रदान गरेका थिए । उक्त सम्मानपत्र हस्तान्तरण कार्यक्रममाझ ग्लोकल वर्कफोर्स नेपालका प्रबन्ध निर्देशक दिवाकर मैनालीसमेत उपस्थित थिए ।  

ग्लोरी मिडियाले यस वर्ष ग्लोकल वर्कफोर्स नेपाल, युवा व्यवसायी अजयकुमार श्रेष्ठसँगै नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, नेपाल महिला चेम्बरकी अध्यक्ष एवम साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी सिईओ उर्मिला श्रेष्ठ, बरिष्ठ बाल रोग विशेषज्ञ डा. हरिकृष्ण बास्कोटा, राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जन, अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी, पारा ओलम्पिककी ऐतिहसिक पदक विजेता पलेशा गोवद्र्धन, नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीका कार्यकारी निर्देशक भुपेन्द्रविक्रम थापालाई सम्मानित गरिएको छ ।  

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झा लेखक एवम साहित्यकार अनिश घिमिरे, घरेलु तथा साना उद्योग महासंघ नेपालका उपाध्यक्ष मोहन कटुवाल, नेपाल डेरी एसोसिएसनका अध्यक्ष अध्यक्ष प्रल्हाद दाहाल, लेखक एवम सर्जक शिव न्यौपाने, शिक्षासेवी, धर्मसेवी एवम समाजसेवी भिक्षु राजु लामा कोन्दन, एनप्याब्सन बागमती प्रदेश अध्यक्ष नारायण कुमार कार्की, एनप्याब्सनका महासचिव तथा बाल साहित्यकार पारसमणी दाहाल, शिक्षासेवी अशोक सुन्दर श्रेष्ठ, मानव अधिकारकर्मी एवम समाजसेवी दिपक चन्द्र गौतम, नेपाल चेम्बर अफ कमर्सकी केन्द्रिय सदस्य एवम नेपाल क्यान्सर अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठ, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्य, काठमाडौं उद्योग वाणिज्य संघकी सचिव एवम बरिष्ठ सौन्दर्यविद सुष्मा महरा शाह, नमस्ते ट्राभल एण्ड टुरिजम एलएलसी, युएईका प्रबन्ध निर्देशक नानुकाजी अर्याल, अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्य, एभेण्टोज नेपालका सिईओ डेभिल सिंह राजपुत र इभेन्ट स्टेज व्यवस्थापक तथा डिजिटल डिस्प्ले अपरेटर रमेश श्रेष्ठ र नवप्रभात डेरी उद्योगका अध्यक्ष खुलप्रसाद हुमागाईं (काजी दाई) र  नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीलाई राष्ट्रिय गौरव सम्मान समर्पण गरेको छ ।

 

Tags: