प्रभु बैंक र होटल हिमालयबीच विशेष छूट सम्झौता

Image

काठमाडौं– प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई कुपण्डोल,ललितपुरस्थित ‘होटल हिमालय’सँग विभिन्न सेवामा विशेष छूट दिने सम्झौता भएको छ । एक समारोहबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल र बजार व्यवस्थापक सविन राणा तथा होटल हिमालयका प्रबन्धक भुपेश लेखक द्वारा हस्ताक्षर गरिएको छ।

सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधामा विशेष छूट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको उपत्यकाको मुटुमा अवस्थित ललितपुर आफैमा एक कलात्मक शैलीको परिचय बोकेको शहर हो । कृष्ण मन्दिर,पाटन दरवार स्क्वायर,स्वर्ण विहार जस्ता पर्यटकिय क्षेत्रको अवलोकन गर्न यस शहरमा देश तथा विदेशबाट पर्यटकहरुको आगमन हुने गरेको पाइन्छ ।

यसै गरी आन्तरिक तथा वाह्य पर्यटकका लागी लक्षित गरी चारतारे होटल हिमालय विगत ३७ वर्ष देखि ग्राहकहरुको सेवामा समर्पित छ । विदेशी तथा नेपालीबीच निकै रुचाइएको यस होटलमा सावना, स्टिम, स्वीमिङ पुल, फिटनेस सेन्टर लगायतका सुविधा छन् । त्यस्तैसोही परिसरमा दुईवटा रेष्टुरेन्ट रहेको छ ।  

ग्राहकको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ साथै,लण्डन स्थित दि फाइनान्सियल टाइम्सले बैंक अफ दि ईयर–२०२३ बाट सम्मानित प्रभु बैंक, छोटो समयको अन्तरालमानै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

 

Tags: