गीतकार रेग्मीको ‘दिल रोएको बेला’ सार्वजनिक

Image

काठमाडौं – गीतकार नारायण रेग्मीको कर्णप्रिय गीत ‘दिल रोएको बेला’ सार्वजनिक भएको छ । नेपाली साँगीतिक बजारमा पछिल्लो समय मिठा मिठा गीत पस्कँदै आएका रेग्मीको ग्रेटर नेपाल सम्बन्धी ‘पूर्वको टिष्टा पनि हामीलाई चाहियो, पश्चिमको काँगडा नि हामीलाई चाहियो’ गीत छायांकनको तयारीमा रहेको छ भने ‘नदेखेको भए तिमीलाई’ रेकर्डिङको अन्तिम तयारीमा रहेको छ ।


प्रसिद्ध गायक स्वरुपराज आचार्य र गायिका अन्जु पन्तको स्वर लक्ष्मण पोखरेलको सङ्गीत रहेको उक्त गीतमा नायिका शिल्पा पोखरेल र मोडल अनुपजंग थापाको अभिनय छ । चर्चित निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको गीतको भिडियोलाई अविदित फाउन्डेसनले प्रस्तुत गरेको छ । 


ओएसआर डिजिटलबाट सार्वजनिक भएको गीतमा अशोक थापाको सङ्गीत संयोजन, मनोज डङ्गोलको रेकर्डिङ किशोर थापाको मिक्सिङ मास्टरिङ छ । मुकेश हुमागाईको छायांकन, राहुल बराइलीको कोरियोग्राफ विनोद बमको सम्पादन र कलर, सरगम गाहाको मेकअफ छ । 

Tags: