घट्यो व्यापार घाटा, कस्ता छन् अरु सूचक ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक अनुसार आयात २.७ प्रतिशत, निर्यात ४.० प्रतिशत र कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले घटेको देखिएको छ । विप्रेषण आप्रवाह पनि नेपाली रुपैयाँमा २१.० प्रतिशतले र अमेरिकी डलरमा १८.८ प्रतिशतले बढेको छ ।
यस्तो छ आठ महिनाको तथ्यांकको प्रमुख झलक
- वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्गमा आधारित मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । आयात २.७ प्रतिशत, निर्यात ४.० प्रतिशत र कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले घटेको छ ।
- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.० प्रतिशतले र अमेरिकी डलरमा १८.८ प्रतिशतले बढेको छ ।
- शोधनान्तर स्थिति रु.३२७ अर्ब ५५ करोडले बचतमा रहेको छ ।
- कुल विदेशी विनिमय सञ्चिति रु.१८७२ अर्ब ८२ करोड र अमेरिकी डलरमा १४ अर्ब १४ करोड रहेको छ ।
- नेपाल सरकारको खर्च रु.८०१ अर्ब ५८ करोड र राजस्व परिचालन रु. ६३९ अर्ब ५ करोड रहेको छ ।
- विस्तृत मुद्राप्रदाय ७७ प्रतिशतले बढेको छ।
- वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.० प्रतिशतले बढेको छ ।
- बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७६ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.२ प्रतिशतले बढेको छ ।
- वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५. २ प्रतिशत रहेको छ ।