जोडी खोज्न अनौठो तरिका, जब पोस्टर लिएर युवतीले भनिन्, ‘धनी श्रीमान चाहियो’

Image

काठमाडौं– साच्चै कोही मान्छे धेरै अनौठा हुन्छन्। आफूको बारेमा अरुले के सोच्छन्, त्यसको बारेमा उनीहरुलाई चासो पनि हुँदैन । त्यसो त जीवनमा केही गर्नुछ भने अरुको बारेमा त्यति धेरै चासो लिएका हुन्नन् ।

मियामीबाट न्यूयोर्कको उडानमा एउटी महिलाले अनौठो तरिका प्रदर्शन गरेकी छिन् । उनले आफूलाई धनी पति चाहिएको भन्दै पोस्टर लिएर उभिइन्। जसमा लेखिएको थियो, ‘म धनी पतिको खोजीमा छु, मेरो नाम कारोलिना गैट हो, मलाई मन पराउने कोही हुनुहुन्छ भने सम्पर्कमा आउनु होला ।’

पोस्टरका एउटा क्यूआर पनि थियो, जुन उनको सामाजिक सञ्जालको प्रोफाइल थियो । उनले भनिन्, ‘धनी व्यक्ति कोही भएर मलाई मन पराउनुहुन्छ भने, कृपया सम्पर्क गर्नुहोला ।’

 

Tags: