नाडा अटो शो २०२४, के के छन् आकर्षण ?

Image

काठमाडौं– मंगलवारदेखि काठमाडौंमा नाडा अटो शो शुरू भएको छ । भदौ १५ गतेसम्म सञ्चालन हुने शोमा विभिन्न खालका गाडी प्रदर्शनी देखि छूट र विभिन्न अफरसमेत ल्याइएको कम्पनीहरूले बताएका छन्। अटो शोमा ५५ ब्रान्डका गाडी प्रदर्शनीमा राखिएको बताइएको छ ।  प्रदर्शनीमा २४ ब्रान्डका चार पाङ्ग्रे, १९ ब्रान्डका दुई पाङ्ग्रे र १२ ब्रान्डका हलुका व्यावसायिक गाडी प्रदर्शनीमा राखिएको जानकारी बताइएको छ ।

यी हुन प्रदर्शनीका केही आकर्षण

नाडा अटो शोमा बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर ‘बजाज पल्सर एनएस ४०० जेड’ सार्वजनिक गरेको छ । यसले पावर, प्रविधि, र डिजाइनको संयोजनमार्फत बजाज प्रेमी नेपालीलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनीको विश्वास छ । ३७३ सीसीको सिंगल–सिलिन्डर, लिक्विड–कूल्ड इन्जिन समावेश रहेको यो बाइक ३९ दशमलव ४ ब्रेक हर्स पावर र ३५ एनएमको टर्क दिने बताइएको छ । ६ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको छ । राइड–बाई–वाईर प्रविधि यो बाइकले राम्रो थ्रोटल रेस्पोन्स दिनुका साथै पेट्रोलको खपत पनि कम गर्ने बताइएको छ ।

बाइकमा ब्लुटुथ कनेक्सन सहितको नयाँ फुल–कलर एलसिडी स्क्रिन पनि समावेश रहेको छ, जसले टर्न–बाई–टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल र अन्य आवश्यक राइड डेटा पनि प्रदान गर्ने बताइएको छ । शोमा बुकिङ गर्ने ग्राहकले रू. ५ लाख ५९ हजार ९०० मा पल्सर एनएस ४०० जेड खरीद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

एईफोर जिहोको इलेक्ट्रिक स्कुटर नाडा अटो शो २०२४ मा सार्वजनिक

इलेक्ट्रिक स्कुटर जीहोले एईफोर इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । जीहो एइफोरको उद्घाटन सेल्स म्यानेजर एलेक्स झू, जेरी कियान, कस्टमर सर्भिस इन्जिनियर सीएफमोटो जिहो, ऋषि ट्रेड सेन्टरका प्रोप्राइटर रोहिन अग्रवाल र जनरल म्यानेजर उज्जवल जोशी लगायतले संयुक्त रूपमा गरेका थिए ।

यो नयाँ मोडेलले स्मार्ट प्रविधि, उच्च पर्फर्मेन्स र दैनिक सहजताको अद्भुत संयोजन प्रदान गर्दै यात्रा अनुभवलाई सुधार गर्ने लक्ष्य राखेको बताइएको छ । ऋषि ट्रेड सेन्टरमार्फत उपलब्ध एईफोरले शहरी जीवनलाई वातावरणमैत्री ढंगले पनि सहज बनाउने बताइएको छ । यो स्कुटरको मूल्य रू. २ लाख ९९ हजार ९०० तोकिएको छ ।

टाटाको पन्च ईभी नेपाली बजारमा सार्वजनिक

नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले पन्च ईभी नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटो सो २०२४ मा पन्च ईभीको विक्री वितरण आरम्भ गरेको हो । टाटा पन्च इभी शुरुआती मूल्य रू. ३३ लाख ९९ हजार तोकिएको छ । पन्च ईभी उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित रहेको र अत्याधुनिक प्रविधियुक्त रहेको बताइएको छ । यसमा १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पन्च इभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् । यसका साथै यस गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको बताइएको छ ।

नेपालको विभिन्न भुभागमा गरेको परीक्षणको अनुसार गाडीले २७० देखि २९० किलोमिटर सम्मको रेञ्ज प्रदान गर्ने बताइएको छ । पन्च ईभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको बताइएको छ ।

नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलका स्पीड ४०० र स्क्¥याम्ब्लर ४०० एक्स सार्वजनिक

गोल्छा ग्रुपअन्तर्गतको कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनीले नाडा अटो शोमा ट्रायम्फ मोटरसाइकलको स्पीड ४०० र स्क्¥याम्ब्लर ४०० एक्स मोडेल सार्वजनिक गरेको छ । बेलायती विरासतको प्रतिनिधित्व गर्ने ट्रायम्फका यी मोटरसाइकलले नेपाली बजारमा असाधारण गुणस्तर र पर्फमेन्स पनि भिœयाएको कम्पनीको दाबी छ । यी मोटरसाइकलले नेपाली बजारमा पर्फर्मेन्स, सुरक्षा, र डिजाइनको पूर्ण सन्तुलन प्रदान गर्दै मिड–साइज मोटरसाइकल सेगमेन्टलाई पुर्नपरिभाषित गर्ने लक्ष्य राखेको कम्पनीले जानकारी दिएको छ ।

शहरी क्षेत्रको लागि डिजाइन गरिएको ट्रायम्फ स्पीड ४०० मा ४०० सिसिको टिआर–सिरीज इन्जिन, ६–स्पीड गियरबक्स, स्लिप–असिस्ट क्लच र हलुका फ्रेमसहितको एल्युमिनियम स्विङ आर्म समावेश रहेको बताइएको छ । त्यस्तै ट्रायम्फ स्क्¥याम्ब्लर ४०० एक्सको आकर्षक लुक्स, १९ इन्चको फ्रन्ट ह्वील, १७ इन्चको रियर ह्वील, हाइ ग्राउन्ड क्लियरेन्स र मजबुत क्षमताले राइडरको साहसिक यात्रालाई नयाँ उचाइमा पु¥याउने कम्पनीले जानकारी दिएको छ ।

नाडा अटो शोमा यी मोटरसाइकल बुकिङ गर्ने ग्राहकलाई ट्रायम्फ स्पीड ४०० को मूल्य रू. ६ लाख ३९ हजार ९०० र ट्रायम्फ स्क्¥याम्ब्लर ४०० एक्स को मूल्य रू. ६ लाख ८९ हजार ९०० मा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

सीएफमोटो ४५०एमटी मोटरसाइकल नाडा अटो शो २०२४ मा सार्वजनिक

मोटरसाइकल निर्माता सीएफमोटोले ४५०एमटीलाई नाडा अटो शो २०२४ मा सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, एओलिन बीयू– सिएफमोटो चाइनाका मार्केटिङ म्यानेजर एण्ड सेल्स म्यानेजर गैरी देङ, ऋषि ट्रेड सेन्टरका प्रोप्राइटर रोहिन अग्रवाल, ऋषि ट्रेड सेन्टरका जनरल म्यानेजर उज्ज्वल जोशीले संयुक्त रूपमा बाइक सार्वजनिक गरेका थिए ।

अत्याधुनिक डिजाइन, शक्तिशाली प्रफर्मेन्स र उत्कृष्ट सुविधाले यो मोटरसाइकललाई रोड तथा अफ रोडमा रोमाञ्चक यात्रा खोज्नेको लागि एक योग्य साथी बनाउने कम्पनीको अपेक्षा छ । मोटरसाइकलको मूल्य रू. १२ लाख ४९ हजार ९०० रहेको बताइएको छ ।

यो बाइक ४४९ दशमलव ५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिनसहित रहेको बताइएको छ । जसले ४४ हर्सपावर ९५०० आरपीएममा र ४४एनएमको टर्क ७६०० आरपीएम दिने बताइएको छ ।

नाडामा दिपलको बिगब्यांग अफर

नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दिपल इभी कारको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धि अटोकर्प प्रालिले दिपल एस०७ इलेक्ट्रिक एसयुभी तथा भर्खरै विक्री शुरू गरिएको फ्युचरिस्टिक दिपल एल०७ इलेक्ट्रिक सेडानको लागि नाडा अटो सो केन्द्रित ग्राहक स्किम बिगब्यांग अफर घोषणा गरेको छ ।

अफरअन्तर्गत ग्राहकले दिपल एस०७ प्रि बजेट मूल्य ७१ लाख ९९ हजार रुपैयाँ वा सात वर्षका लागि निश्चित ६ दशमलव ९९ प्रतिशत ब्याजदरमा किन्न सक्ने भएका छन् । साथै दिपल एल०७ इलेक्ट्रिक सेडानलाई ७ वर्षको लागि ७ दशमलव ९९ प्रतिशत निश्चित ब्याजदरमा खरीद गर्न सकिने बताइएको छ ।

यी गाडीमा १५ भन्दा बढी फिचर छन् । जसमा वेलकम सिट, जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्जेलिजेन्ट एडास २ दशमलव ५ लगायतले दिपललाई लक्जरी र सुरक्षाका हिसाबले सबैभन्दा बढी फ्युचरिस्टिक इभी बनाएको बताइएको छ ।

दिपल एल०७ मा लक्जरियस, इन्टेलिजेन्ट र प्राविधिक रूपमा बेजोड रहेको बताइएको छ । ६६ दशमलव ८ किलोवाट आवर ब्याट्री भएको यो इभीले सिंगल चार्जमा ५४० किलोमिटरको रेञ्ज दिने बताइएको छ ।

नाडामा सेरेस थ्रीको छूट अफर

नेपालका लागि सेरेस गाडीको आधिकारिक आयातकर्ता एमएडब्ल्यू वृद्धिले नाडा अटो शो २०२४ को अवसरमा नयाँ सेरेस थ्री मा विशेष अफर घोषणा गरेको छ । अफरअन्तर्गत नयाँ सेरेस थ्री कम्फर्ट मोडललाई ४५ लाख ४९ हजार र प्रिमियम मोडलको मूल्य ४८ लाख ८७ हजार रुपैयाँमा पाइने बताइएको छ ।

सेरेस थ्रीले उन्नत प्रविधि, बलियो निर्माण गुणस्तर र स्टाइलिश एसयूभी डिजाइनलाई संयोजन गर्ने बताइएको छ । बलियो सडक उपस्थिति र प्रभावशाली अफ–रोड क्षमताका लागि परिचित सेरेस थ्रीले कठिन कोराला सिमानाको भूभागलाई पार गर्ने पहिलो विद्युतीय सवारीको रूपमा यसको स्थायित्व प्रमाणित गरेको बताइएको छ ।


जोइलोङ तथा एसआरएमका ८ नयाँ मोडल नेपाली बजारमा

भिजी मोटर्स कम्पनीले नाडा अटो शोलाई लक्षित गरी चिनियाँ विद्युतीय गाडी उत्पादन कम्पनी जोइलोङ तथा एसआरएमका ८ ओटा नयाँ मोडललाई नेपाली बजारमा भिœयाएको छ । यी गाडीको खरीदमा १५ देखि २० वर्षसम्म सर्भिस तथा पार्ट्सको उपलब्धता सुनिश्चितता गर्ने बताइएको छ ।

जोइलोङ कम्पनीका ठूला १५÷१७÷२० सिटर माइक्रो बस अनावरण गर्दै कम्पनीका महाप्रबन्धक ज्याङले जोइलोङका ठूला माइक्रो बसदेखि अध्ययन तथा अनुसन्धान तथा परीक्षण गरी डिजाइन गरिएको बताए । जोइलोङका गाडी जस्तोसुकै बाटोमा चलाउन सकिने गरी डिजाइन गरिएको बताइएको छ । जोइलोङका गाडीमा जडान गरिएको पावरफुल मोटर र ठूलो ब्याट्रीले अत्याधिक रेञ्ज दिने कम्पनीले जानकारी दिएको छ ।

नेपालमा सार्वजनिक गरिएका ५ ओटा मोडलमा टीथ्री पिकअप र २ सिटर कार्गोले सामान ढुवानी गर्ने भ्यान र ५ र ११ सिटरका भ्यान छन् । एसआरएम कम्पनीका महाप्रबन्धक लि ग्वाले साना कमर्सियल र विद्यतीय कमर्सियल गाडी सबै बाहिरबाट हेर्दा उस्तै देखियता पनि एसआरएम कम्पनीका गाडी सबैभन्दा सुरक्षित, टिकाउ तथा बलियो बडीका साथ बनाइएको दाबी गरे ।

भिजि मोटर्सका सीइओ विवेक बिजुक्छेले कम्पनीले यस आर्थिक वर्षमा ११० ओटा चार्जिग स्टेसन र नेपाल अधिराज्य भरि १८ ओटा इलेक्ट्रिक गाडीको सर्भिस स्टेसन स्थापना गर्ने लक्ष्य राखेको बताए । जोइलोङका इएका १५ देखि २० सिटर गाडीको मूल्य ६४ लाख देखि ७६ लाख रुपैयाँसम्म पर्ने बताइएको छ । त्यस्तै, एसआरएमका गाडी ३६ लाखदेखि ४५ लाख ५० हजार रुपैयाँसम्म मूल्य कायम गरिएको कम्पनीले जानकारी दिएको छ ।

 

Tags: