स्किन टाइट राख्नको लागि दिनहुँ खानुस् यी ३ फल

Image

संसारमा यस्तो कोही छैन, जसले आफूलाई सुन्दर देखाउन नचाहने संसारमा के होला ? तर सोचे जस्तो कहाँ हुन्थ्यो । उमेर ढल्कँदै गएपछि हामीले सुन्दरता आफ्नो काबुमा राख्न सक्दैनौं । तर चिन्ता गर्नु पर्दैन । बुढ्यौलीलाई रोक्न त सकिन्न तर बुुढ्यौलीलाई चुनौती दिएर सुन्दरता कायम गर्न सकिन्छ । खराब खानपान र लाइफस्टाइलका कारण प्रायः अनुहारमा बुढ्यौलीका लक्षण देखिन्छन् ।

हामीले यहाँ यस्तो फलको बारेमा बताउँदै छौं, जसले तपाईको बुढ्यौलीबाट बचाउन सहयोग गर्छ ।


स्याउ : स्याउमा पाइने भिटामिन ‘बी’ का कारण बुढ्यौलीको लक्षणलाई कम गर्न मद्दत गर्छ । स्याउको नियमित सेवनले अनुहारको छालालाई लामाृे समयसम्म जवान राख्न मद्दत गर्छ ।


केरा : केरामा हुने भिटामिन र एटिंएक्सिडेन्ट गुणले छालाको सेललाई जवान राख्न सहयोग गर्छ । केरामा भएको पोटासियमले छालामा भएका कोशमा अक्सिजन र रगत दुबै प्रवाह गर्न सहयोग गर्छ ।


किबी : यसले इलास्टिन र कोलेजन उत्पादन बढाउन सहयोग गर्छ । यसमा भारी मात्रामा हुने भिटामिन सी का कारण उमेरमा देखिने अस्वाभाविक बुढ्यौलीलाई कम देखाउँछ । यसले छालामा प्राकृतिक कोलेजन घटाउन पनि सघाउँछ ।

 

एजेन्सी

 

Tags: