साई पुन परिवारको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

Image

बागलुङ – बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमा रहेको साई पुन परिवारको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

व्यवस्थापन समितिका अध्यक्ष पुनराम पुनको अध्यक्षता भूतपूर्व सैनिक संघ पाण्डवखानीका अध्यक्ष चन्द्रलाल काउचाको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो । सोअवसरमा ८४ वर्षिय हनेरी ना.सु. नरबहादुर पुनले २५ हजार सहयोग गर्नु भएको थियो । त्यस्तै ८१ वर्षिय मैसरा पुन, ८३ वर्षिय लक्ष्मी पुन र ८४ वर्षिय हनेरी ना.सु. नरबहादुर पुनलाइ सम्मान गरिएको थियो ।

बैठकमा विभिन्न संघसंस्थामा कार्यरत व्यक्तिले डेढ महिनाको तलवबाट समाजलाइ सहयोग गर्ने निर्णय सहित पुन समिति गठन समेत भएको छ, जसमा अध्यक्ष पुनराम पुनको अध्यक्षतामा २५ सदस्य रहने गरि समिति गठन भएको छ, पाण्डवखानीमा साइ पुन ९७ घरधुरी रहको बताइएको छ । कार्यक्रमको संचालन सचिव प्रकाश पुनले गरेका थिए ।

 

Tags: