सांसद विना लामाको टिप्पणी, ‘दुर्गममा नुन, सुनभन्दा महंगो’

Image

काठमाडौं – सांसद विना लामाले दुर्गममा सुनभन्दा नुन महंगो भएको बताएकी छिन् । आइतवार प्रतिनिधिसभाको शुन्य समयमा बेल्दै हिमाली जिल्ला मुगुका नागरिकले नुन नपाएको गुनासो आइरहेको प्रसंग उठाउँदै यस्तो बताएकी हुन् ।

‘स्थानीय गाउँपालिकामा ३ ओटा नुनका डिपो छन् तर त्यहाँ नुन पाइँदैन । घण्टौं हिडेर सदरमुकाम पुगी नागरिकताका आधारमा केही नुन पाइन्छ त्यही पनि कहिले रित्तै फर्कनुपर्छ, ’ उनले भनिन्, ‘म सदनमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु , मुगुमा नुनको अभाव टारियोस् । यसले अभाव र गरिबी हटाउन तर्फ सरकारको चासो नदेखिएको स्पष्ट पार्छ ।’

 

Tags: