अर्घाखाँचीको विकासको लागि सम्भाव्यता अध्ययन गर्नुपर्ने सांसद बिजुला रायमाझीको माग

Image

काठमाडौं – सांसद बिजुला रायमाझीले अर्घाखाँचीको विकासको लागि सम्भाव्यता अध्ययन गर्नुपर्ने बताएकी छिन् । आइतवार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै अध्ययन र योजना निर्माणमा जोड दिएकी हुन् ।

‘अर्घाखाँची ऐतिहासिक, धार्मिक, पर्यटन र कृषिमा प्रचुर सम्भावना भएको जिल्ला हो । यी क्षेत्रको सम्भाव्यता अध्ययन र योजना निर्माणको महसूस भएको छ,’ उनले भनिन् । उनले शुरुवातमा पर्यटकीय र धार्मिक स्थल सुपा देउरालीमा पार्किङ र लाइन बस्नुपर्ने समस्या रहेकोले त्यसलाई निराकरणको लागि योजना अगाडि सार्नुपर्न बताइन् ।

उनले भनिन्, ‘मन्दिरको आफ्नै स्रोतले केही विद्यालयको खर्च समेत हेर्नुपर्ने हुँदा मन्दिरसँग बजेट छैन, आवश्यक पार्किङ र लाइन बस्ने समस्या हटाउन आवश्यक बजेट सहित योजना अगाडि बढाइयोस् ।’

 

Tags: