शिवरात्रिको अवसरमा धार्मिक अगुवासँग अन्तरक्रिया

Image

मुगु– महाशिवरात्रिको अवसरमा मुगुको कालिकामालिका मन्दिर परिषद्ले जिल्लाका  धार्मिक अगुवालाई ‘आध्यात्मिक सद्संघ तथा सकारात्मक सोच’ सम्बन्धी अन्तरक्रिया  कार्यक्रम   गरेको छ । सोअवसरमा धार्मिक अगुवा नागरिकलाई यस कलियुगमा सकारात्मक सोचविना आध्यात्मिक ज्ञान असम्भव भएको जानकारी गराइएको थियो ।

 महाशिवरात्रिको अवसरमा जिल्ला सदरमुकाम गमगढीमा रहेको कालिकामालिका मन्दिरको परिसरमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि आध्यात्मिक तथा समाजसेवी चेतना मल्ल शाहीले आध्यात्मिक क्षेत्रका अगुवालाई छोटो समयमा सकारात्मक सोचको विकास निर्माण  गर्न मद्दत पु¥याउन सकियोस् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताइन्।

उनले पछिल्लो समय आध्यत्मिक नागरिक मात्र होइन, डाक्टर र वैज्ञानिकसमेत आफूमा सकारात्मक सोच विकास गर्न तल्लिन भएको बताइन् । भित्री आत्मा स्वस्थ बनाउने र स्व–उपचार इकाईमा रूपान्तरण गर्ने शक्तिशाली उपकरण सकारात्मक सोचको विकास भएको उनको भनाइ थियो । मानव मस्तिष्कमा सकारात्मक सोचका माध्यमबाट इच्छालाई वास्तविकतामा परिवर्तन गर्ने शक्ति मिल्ने भन्दै उनले जसबाट नै समाजमा एक जिम्मेवार नागरिकको भूमिका निर्वाह हुने बताइन् ।

 

Tags: