विष्णु र कल्पनाको स्वरमा ‘फरर डोरी’ सार्वजनिक

Image

काठमाडौं – नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा ‘फरर डोरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा मायाको डोरी गास्न आग्रह गरिएको छ । जीवन भण्डारीको शब्द तथा लय सिर्जना विष्णु डुम्रेले गरेका छन । मौलिक सिर्जनाको विकास एवम विस्तारका लागि यस गीतले नेपाली संगीतको सागरमा केही भएपनी योग्दान दिने संगीतकार डुम्रेले बताए  ।

गीतको भिडियोमा लोमस शर्मा र  अस्मिता रनपालको आकर्षक अभिनय देख्न सकिन्छ । मौलिक स्वादमा तयार भएको गीतको भिडियोलाई कुमार केशीद्वारा निर्देशित गरिएको छ । भिडियोलाई अजय रेग्मीको छायांकन तथा अमृत चापागाईको सम्पादन रहेको छ ।

https://www.youtube.com/embed/XBoLFDtqxEY?si=fCu5zXLmHFGY31yT

Tags: