लायन्स गीत ‘बनौं हामी लायन्स’ सार्वजनिक

Image

काठमाडौं – मानवीय सेवामा क्रियाशिल लायन्स अभियानमा समर्पित लायन्स गीत ‘बनौं हामी लायन्स’ सार्वजनिक भएको छ । लायन्स अभियानसँग जोडिन उत्प्रेरणा दिने र लायन्सका क्रियाकलाप तथा उद्देश्यलाई समेटेर लायन्स गीत तयार भएको हो ।

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आई नेपालका जोन चेयरपर्सन लायन नारायण रेग्मी (एमजेएफ)ले लायन्सको ‘मिसन १.५ मिलियन’मा समर्पित गरेर लायन्स गीत तयार गरिएको बताए । उनले गीतले लायन्स अभियान, गतिविधि देखि औचित्यलाई बुझाउन प्रयास गरेको बताए । जोन चेयरपर्सन रेग्मीकै शब्दमा रहेको गीतमा सँगीत लायन लक्ष्मण पोख्रेलले भरेका छन् । गीतको महिला स्वरमा रानी शाक्य, पुरुष स्वरमा महेश भण्डारी, एरेन्ज अशोक थापा, रेकर्डिङ मिक्सिङ मनोज डंगोल, भिडियो निर्देशक शिशिर अर्याल रहेका छन् ।

लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आई नेपालको दोस्रो डिस्ट्रिक्ट कन्भेन्सको अवसर पारेर गत हप्ता गीत सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?v=G2XbkyMHkr4

 

Tags: