लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनमा डिजी भिजिट सम्पन्न

Image

काठमाडौं – लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर चन्द्र कुमार केसीले बिहीवार लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनको भ्रमण गरेका छन् ।

डिस्ट्रिक्ट गभर्नर केसीको भ्रमणका क्रममा क्लबले विशेष कार्यक्रम आयोजना गरेको थियो । क्लबका प्रसिडेण्ट कल्पना बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर केसीसहित सेकेन्ड भाइस गभर्नर पार्वती खरेल पाण्डेय, डिस्ट्रिक्ट कोअर्डिनेटर विष्णुप्रसाद भण्डारी, जोन चेयरपर्सन नारायण रेग्मी, लायन्स क्लब अफ काठमाडौं प्राइमका अध्यक्ष लेखराम गौतम लगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रेसिडेन्ट कल्पना बस्नेतले क्लबका गतिविधिका बारेका जानकारी दिएकी थिइन् । क्लबका फस्ट भाइस पर्सन गिता शिवाकोटीको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रममा एक्टेन्सन चियरपर्सन नारायण रेग्मीले क्लबको स्थापना देखिका आरोहअवरोहका बारेमा जानकारी गराएका थिए ।

 

Tags: