लाइफ कम्प्युटरको नयाँ शाखा कुमारीपाटीमा : सयभन्दा बढी विषयमा प्रशिक्षण

Image

काठमाडौं – आईटी ट्रेनिङमा स्थापित ‘लाइफ कम्प्युटर’ ले आफ्नो शाखा ललितपुरको कुमारीपाटीमा सञ्चालनमा ल्याएको छ । शाखाको एक कार्यक्रमका बीच एनसीसीएस कलेजका निर्देशक प्रज्जवल क्षेत्रीले उद्घाटन गरेका हुन् ।

काठमाडौंको बागबजारमा मुख्य कार्यालय रहेको इन्स्टिच्युटले यस अघि सोह्रखुट्टे चोकमा शाखा सञ्चालनमा ल्याएको थियो । संस्थाका संस्थापक रमेश पोख्रेलले पूर्ण आईटीसहितको समाज निर्माणमा सहयोग पुर्याउने उद्देश्यले २०६९ मा संस्थाको स्थापना गरिएको बताए । संस्थाबाट हालसम्म २० हजारभन्दा बढी प्रशिक्षित भएको उनको भनाइ छ ।

लाइफ कम्प्युटरले सूचना प्रविधिसँग जोडिएका सम्पूण प्रकारका प्राविधिक सीप विकासमा सघाउँदै आएको इन्स्टिच्युटका निर्देशक लक्ष्मी खत्रीले जानकारी दिइन् । सूचना प्रविधिको क्षेत्रलाई व्यावसायिक बनाउनको लागि व्यावहारिक र सैद्धान्तिक ज्ञान दिँदै आएको उनको भनाइ छ ।

प्रयोगात्मक सीप सहितका प्रविधि सम्पन्न कक्षा अनुभवी शिक्षकबाट दिदै आएको इन्स्च्यिुटले अध्ययनरत विद्यार्थीलाई रोजगारीका विभिन्न अवसर सृजना गर्दै आएको बताएको छ ।

वेब डिजाइनिङ, सी प्लस प्लस ट्रेनिङ, पाइथन, एआई, वेब डेभलपमेण्ट, डिजिटल मार्केटिङ, सिस्को, जाभा प्रोग्रामिङ, मोवाइल एप, विल्डिङ डिजाइन एण्ड कन्स्ट्रक्सन, माइक्रोसफ्ट डट नेट, पीएचपी फ्रेमवर्क, ग्राफिक एण्ड मल्टिमिडिया लगायतका सयभन्दा बढी विषयमा इन्स्टिच्युटले प्रशिक्षण दिँदै आएको छ ।

 

Tags: