राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा

Image

काठमाडौं – राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका तर्फबाट नारायण दाहाल अध्यक्ष भएपछि गठबन्धनको सहमति अनुसार सो पदका नेकपा एमालेका लागि उक्त पदबाट राजीनामा दिएकी हुन् ।

तथापि गठबन्धनभित्र नेकपा एकिकृत समाजवादी पनि रहेकाले एमालेले पाउने एकिन नभइसको बताइएको छ । उनले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाइन् ।

सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको थियो । यसअघि सत्ता गठबन्धनका नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच भएको लिखित सहमतिमा राष्ट्रिय सभा उपाध्यक्ष पद एमालेले लिने उल्लेख थियो ।

 

Tags: