राजधानीमा सञ्चालित उद्योगले श्रमिक माथि चरम श्रम शोषण गरेको आरोप

Image

काठमाडौं ।  संघीय राजधानी काठमाडौंमा सञ्चालित उद्योगहरूमा लामो समयदेखि श्रमिक माथि चरम श्रम शोषण भइरहेको भन्दै कारबाहीको माग गरिएको छ । श्रमिकलाई राज्यले तोकेको श्रम ऐन बमोजिमको सेवा सुविधा नदिई श्रम सम्झौता तथा श्रम स्वीकृती नलिई कानुन विपरीत उद्योगहरुले कार्य गरिरहेको भन्दै नेपाल समाजवादी ट्रेड युनियन महासंघको प्रमुख घटक समाजवादी औद्योगिक श्रमिक संघले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दर्ता गरेको हो ।

अध्यक्ष प्रकाश भट्टराईद्वारा हस्ताक्षरित उजुरीमा भनिएको छ, ‘नेपालको संविधानको धारा २९६ को उपधारा १ बमोजिम व्यावस्थापिका संसदले श्रम ऐन २०७४ जारी गरी २०७४ भाद्र १९ देखि लागू भइसकेको तर  अहिलेसम्म पनि उद्योग कल कारखानाहरुले  सरकारले निर्धारण गरेको न्युनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषअन्तर्गत पाउने सुविधाहरु समेत लागू नगरी कार्यरत श्रमिकहरु माथि श्रम शोषण गरी श्रम ऐनको उलंघन गरेको हुँदा  श्रम ऐनको दफा १६३ को उपदफा १ (घ) बमोजिम  कारबाही गरियोस् ।’

समाजवादी औद्योगिक  श्रमिक संघले लोटस प्लास्टिक उद्योग, लेदर विङ्स, एस.के पस्मिना इण्डष्ट्रिज, आचार्य बेकरी एण्ड फुड प्रोडक्ट, सिग्मा रेफ्रिजेरेशन प्रालि र एभरेष्ट नेपाल फुटवेर कम्पनीका विरुद्ध उजुरी दर्ता गरेको हो ।

 

Tags: