रविका विरुद्ध बोल्दा पार्टीले खेदेपछि पूर्वडीआइजी खरेलले रास्वपा छाडे

Image

काठमाडौं –पूर्वडीआइजी समेत रहेका रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका छन् । केन्द्रीय सदस्य अस्वीकारेर साधारण सदस्यका हैसियतमा रहेका खरेलले पार्टी सभापति विरुद्ध बोलेको भन्दै सोधिएको स्पष्टीकरण पछि राजीनामा दिएका हुन् ।

सार्वजनिक रुपमा पार्टी सभापतिले विवादित रुपमा गृहको जिम्मेवारी सम्हालेको भन्ने उनको अभिव्यक्तिलाई लिएर रास्वपाको अनुशासन आयोगले उनलाई लिखित जवाफ मागेको थियो ।

स्पष्टीकरणको जवाफ कुरेको रास्वपालाई उनले राजीनामा सहित आफू पार्टीमा नरहने खबर पठाए, त्यही पनि अग्रेजीमा पत्र लेखे । उनले पार्टीको विचार आफ्नो विचारसँग नमिलेको उल्लेख गरेको बताइएको छ । उनले लेखेका छन्, ‘पछिल्लो विकासक्रम तथा मेरो व्यक्तिगत आस्था र प्राथमिकतामा आएको परिवर्तनले गर्दा पार्टीको सिद्धान्त र लक्ष्यसँग मिल्न सकेन’ ।

प्रहरी सेवाबाट निवृत्त भएपछि नेपाल सुशासन नामको पार्टी खोलेर राजनीतिमा होमिएका उनको पार्टी रास्वपामा मिलेको थियो । उनले रास्वपाले पार्टी एकीकरणलाई सम्मानजनक रूपमा नलिएको भन्दै असन्तुष्ट रहँदै आएका थिए । बाराको उपचुनावमा रास्वपाबाट उम्मेदवारी दिएर पराजित भएपछि पार्टीमा निष्क्रिय थिए ।

 

Tags: