महालेखा परीक्षकमा तोयम राया सिफारिस

Image

काठमाडौं– महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् । आइतबार बसेको संवैधानिक परिषद्को बैठकले रायको नाम सिफारिस गरेको हो । परिषद्ले राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी रायलाई उक्त जिम्मेवारी दिएकोे हो । उनी पूर्व अर्थ सचिव समेत हुन् ।

महालेखा परीक्षक संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गर्ने व्यवस्था छ । गत  जेठ ७ गते महालेखा परीक्षक टंकमणि शर्माको पदावधि सकिएपछि महालेखा परीक्षकको कार्यालय कार्यबाहकको भरमा चलिरहेको थियो।

 

Tags: