मलाई समाजले पटक पटक मार्यो : समीक्षा अधिकारी

Image

काठमाडौं– गायिका समीक्षा अधिकारीले आफ्नो जीवन यात्राका संघर्षले बलियो बनाएको बताएकी छिन् । उनले सामाजिक सञ्जालमा लेख्दै आफ्नो परिवार सामान्य अवस्थाबाट आएको र माथि उठ्न तगारो बन्ने भेटिएको उल्लेख गरेकी छिन् ।

‘यो लेख्दै गर्दा गाउँमा ममीले घाँस काट्दै हुनुहुन्छ होला। बिहानबेलुकीको घरधन्दा, गाईवस्तु र छोराछोरी। मेरो परिवारको धेरै ठुला सपनाहरु थिएनन्। छैनन् पनि, साँघुरो सपनाहरुबाट फैलिन चाहानु मेरो के गल्ति थियो र? म त पखेटा फिँजाएर उड्न चाहान्थें। तर बतास बनि कतै उडाएर लैजान खोज्ने धेरै भेटिए,’ उनले भनेकी छिन्।

उनले समाजले पटक पटक मारेको तर त्यसभन्दा बाहिर आउन सहेर अगाडि बढेको बताएकी छिन् । ‘समाज प्रतिको चेतना आएदेखि मलाई यो समाजले तँ नारी होस्, छोरी भन्ने भान पटक पटक पार्यो, धेरै पटक मार्यो, तर पनि उठें, हिम्मत हारिन, हार्ने पनि छैन,’ उनले उल्लेख गरेकी छिन्।

उनले आफू अन्याय नसहेर लडाकु बनेको बताएकी छिन् । ‘आजभोलि त मलाई म लडाकु जस्तै लाग्छ, अन्याय जति सह्यो त्यति नै हेपिनुपर्दो रहेछ,’ उनको भनाइ छ ।

 

Tags: