ब्लु डायमन्ड सोसाइटीमा गरिमा विकास बैंकको वित्तीय जागरण कार्यक्रम

Image

काठमाडौं - गरिमा विकास बैंकले ब्लु डायमन्ड सोसाइटीका समुदायलाई वित्तीय जागरण कार्यक्रम गरेको छ।

बैंकको चावहिल शाखाद्वारा आयोजित कार्यक्रममा उपस्थित सहभागीहरूलाई उत्प्रेरणा दिँदै व्यक्तिगत वित्तीय व्यवस्थापन, डिजिटल फ्रड, विभिन्न प्रकारका बचत, कर्जा तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरूको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको छ।

कार्यक्रममा ब्लु डायमन्ड सोसाइटीका अध्यक्ष पिंकी गुरुङ र बैंकको तर्फबाट जोखिम व्यवस्थापन विभाग प्रमुख दिपक राजभण्डारी लगायतको उपस्थिति थियो।

 

Tags: