बैशाखदेखि गरिमाको सीईओमा माधव प्रसाद उपाध्याय

Image

काठमाडौं – गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । बुधवार बसेको बैंक सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत रहेका उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।

निर्णय कार्यान्वयन भने २०८१ बैशाख १ गतेदेखि हुनेछ । उनलाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरिएको हो । गरेको हो।

हाल बैंकका सीइओ रहेका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत्र ३० गते समाप्त हुँदैछ ।

 

Tags: