बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी र रोटरी क्लब अफ गोंगबुले गरे रक्तदान कार्यक्रम

Image

 काठमाडौं। बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी र रोटरी क्लब अफ गोंगबुको आयोजनामा आइतवार ‘रक्तदान कार्यक्रम’ गरिएको छ ।

कलेजको ६२औं स्थापना दिवस र ११९औं रोटरी डेको अवसरमा बालाजुस्थित कलेज भवनमा उक्त कार्यक्रम गरिएको हो । मानव स्वास्थ्यका लागि अत्यावश्यक पर्ने रगतको आवश्यकता पूरा गर्न रक्तदान गर्नुपर्ने अभियानलाई सहयोग गर्न कार्यक्रम गरिएको क्लबकी पूर्वअध्यक्ष कविता मानन्धरले जानकारी दिइन् ।

नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार विभागसँगको समन्वयमा गरिएको कार्यक्रममा विद्यार्थी, शिक्षक तथा रोटरी सदस्यसहित ५२ जनाले रक्तदान गरेका थिए ।

Tags: