परामर्शदाता संस्थाको सहयोगले हलो जोत्ने किसानका सन्तानलाई अन्तरराष्ट्रिय डिग्री : कानूनमन्त्री गिरी

Image

काठमाडौं – कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले शैक्षिक परामर्श संस्थाले पुलको रुपमा काम गर्दा सामान्य हलो जोत्ने किसानका छोराछोरीले पनि विदेशका विश्वविद्यालयको डिग्री हासिल गर्न सम्भव भएको बताएका छन् । सोमवार नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को सहकार्यमा काठमाडौंमा आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रममा उनले परामर्शदाता संस्थाले नेपालका शिक्षाको उपयुक्त वातावरण नबन्दा राम्रो विकल्प खोज्न सघाएको बताए ।

उनले नेपाली विद्यार्थी राम्रा विश्वविद्यालय खोज्दै विदेश जानुभन्दा नेपाली विश्वविद्यालय कसरी अन्तरराष्ट्रिय विश्वविद्यालयको गुणस्तरको बनाउने भन्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए । उनले संसारका विद्यार्थी आएर नेपाली विश्वविद्यालयबाट शिक्षा लिने वातावरण र नीति बनाउनुपर्ने बताए । मन्त्री गिरीले नेपालमा उपयुक्त शिक्षा आर्जनको वातावरण नबन्दा नेपाली विद्यार्थी बाहिरिएको बताए ।

विश्व बजारमा नेपाली विद्यार्थी पठाउँदा परामर्शदाता संस्थाले राम्रो गुणस्तरका विश्वविद्यालयमा पठाउनुपर्ने बताए । 

Tags: