न्यु घुम्टे एजुकेसनल एकेडेमीले गर्याे ३ जनालाई सम्मान

Image


बागलुङ –गलकोट नगरपालिका– १० पाण्डवखानीमा रहेको न्यु घुम्टे एजुकेसनल एकेडेमीमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

जापान समाज पाण्डवखानीका प्रतिनिधि पदम श्रीस, अस्ट्रेलियाबाट आएका रविन काउचा र पाण्डबखानी समाज कतारका सचिव प्रकाश भित्रकोटीलाई स्वागत तथा सम्मान गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र काउचाको अध्यक्षतामा भएको कार्यक्रममा  स्कुलले केही वर्षदेखि सुरुआत गरेको देश तथा विदेशदेखि गाउँको लागि रहेक क्षेत्रमा सहयोग योगदान गर्दै आइरहेका व्यक्तित्व वा संघ संस्थालाई यसरी नै स्वागत गर्दै आइरहेको शिक्षक खिम काउचाले जानकारी गराए ।

यसैबीच पाण्डवखानी समाज कतारका सचिव प्रकाश भित्रकोटीले ५० हजार, अस्ट्रेलियामा कार्यरत रविन काउचाले १५ हजार र पाण्डवखानी समाज जापानका प्रतिनिधि पदम श्रीसले ८ हजार सहयोग गरेका छन् । शिक्षक अभिभावक समितिका अध्यक्ष देवनारायण श्रीसको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सञ्चालन प्रिन्सिपल तारा काउचाले गरेकी थिइन्।

 

Tags: