नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त

Image

काठमाडौं – नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको नयाँ अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त भएकाछन्। गत फागुन २४ गते बसेको ६३ औं बोर्ड बैठकले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (एनडीपीसी) को अध्यक्षमा उपाध्यायलाई नियुक्त गरेको हो। गत फागुन ३० गते आयोजित शपथ ग्रहण समारोहमा उपाध्यायले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टबाट शपथ ग्रहण गरेका हुन्। ।


शपथ ग्रहण समारोहपछि नवनियुक्त अध्यक्ष उपाध्यायले खुशी व्यक्त गर्दै, वित्तीय समावेशीकरण र आर्थिक सशक्तिकरणमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको पहलहरूले आफु उत्साहित भएको बताए ।

 

उपाध्यायले थपे, “नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड सिमलेस एकीकरण, उच्च स्तरको सुरक्षा, अफलाइन मोड जस्ता सुविधाहरू द्वारा सुविधाजनक, सुरक्षित र पहुँचयोग्य भुक्तानी प्रणाली सुनिश्चित गर्दै मानिसहरूले रकम पठाउने र प्राप्त गर्ने तरिकामा क्रान्ति ल्याउने लक्ष्य राखेको छ। हाम्रो समर्पित टोली र रणनीतिक साझेदारहरूसँग मिलेर हामी सबै नेपाली नागरिकहरूका लागि सहज र सुरक्षित भुक्तानी इकोसिस्टम सिर्जना गरि नयाँ प्रविधिको प्रयोग द्वारा वित्तीय समावेशीकरण र आर्थिक विकासलाई अभिवृद्धि गर्न निरन्तर प्रयास गर्नेछौं“।

 

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

 

Tags: