दि सिन्धुपाल्चोक विजनेश क्लबको अध्यक्षमा नयन पण्डित

Image


काठमाडौं – दि सिन्धुपाल्चोक विजनेश क्लबको चौथो अधिवेसन तथा ११औं वार्षिक साधारण सभा डोलेश्वर भिलेज रिसोर्ट भक्तपुरमा २०८० फाल्गुण १९ गते सम्पन्न भएको छ ।

क्लबका संस्थापक तथा नेपाल सरकार बागमती प्रदेशको वन तथा वातावरण मन्त्री मसिना खड्काको प्रमुख आथित्यमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य नरेशलाल श्रेष्ठले क्लब स्थापना र क्लबको उद्देश्यको बारेमा प्रस्ट्याउदा क्लबका पूर्वअध्यक्ष एवं लक्ष्मी सनराईज बैंकका सञ्चालक दिनेश पौड्यालले क्लबका एक दशकको कार्यहरुको बारेमा, कार्यक्रमका सभापति अमृत कुमार खड्काले समाज सेवामा आफ्नो धारणा प्रष्ट्याए ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका नवनिर्वाचत कार्यसमितिलाई बधाई, सम्मान तथा शुभकामना दिइएको थियो । सम्मानपश्चात् वाणिज्य संघका अध्यक्ष रामहरी कार्कीले दि सिन्धुपाल्चोक विजनेश क्लब र नेपाल हिमालय सीमापार वाणिज्य संघ आपसि सहकार्य गरेर समाजसेवामा अगाडि बढ्ने बताए । बरिष्ठ उपाध्यक्ष गंगा व. घिमिरे “सागर” ले आफ्नो मस्तिष्कमा नै समाजसेवा रहेकोले सोहि अनुरुप अगाडि बढ्ने बताए । क्लबका महासचिव एवं लायन्स क्लब इण्टरनेशनल ३२५ एम का चिफ डिष्ट्रिक्ट एडभाइजर रत्न पराजुलीले सञ्चालन गरेको कार्यक्रममा संस्थाको वेव साइटको शुभारम्भ गरिएको थियो भने नवनिर्वाचित अध्यक्ष नयन पण्डितले सम्पुर्ण सदस्यहरुको भावनालाई समेटेर क्लव अगाडि बढ्ने र नेपाल भरिका साथिहरु समेटेर समाजसेवामा हातेमाले गरेर अगाडि बढ्ने बताए ।
यस्तो छ कार्यसमिति ः
अध्यक्ष ः नयन ब. पण्डित क्षेत्री

प्रथम उपाध्यक्ष ः अमृतकुमार खड्का

द्वितीय उपाध्यक्ष ः डोर ब. भण्डारी

महासचिव ः रत्नप्रसाद पराजुली

कोषाध्यक्षः  रामचन्द्र पराजुली

सदस्यहरु

शम्भु विक्रम थापा

हरिओम मकाजु

रामनाथ मैनाली

राजकुमार तिमल्सिना

राजेन्द्रबहादुर रिजाल

मुके शेर्पा

देवलाल श्रेष्ठ

विष्णुप्रसाद न्यौपाने

 

Tags: