तीन दिन सुर्धन्न मौसम, कहाँ कस्तो ?

Image

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले अबका तीन दिन  मौसममा सुधार नहुने संकेत गरेको छ । महाशाखाका अनुसार अहिले कोशी र मधेश प्रदेशमा साधारणतया बदली तथा बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ ।

महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती  र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलवार राति देशभर आंशिक बदली रहने छ। कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बुधवार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै बुधवार राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही  बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीवार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहीवार राति कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही  बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी र गण्डकी प्रदेशका थोरै तथा बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

 

Tags: