ढुवानी व्यवसायी महासंघमा माधवप्रसाद नेपाल सर्वसम्मत 

Image

काठमाडौं – ढुवानी व्यवसायीको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालको छैटौं महाधिवेशन तथा १५औं वार्षिक साधारणसभाले माधवप्रसाद नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आइतवार काठमाडौंमा सम्पन्न महाधिवेशनले अध्यक्षमा नेपाललाई सर्वसम्मत चयन गरेको हो । उपाध्यक्ष, कोषाध्यक्ष र सचिवको चयन भने निर्वाचन प्रक्रियाबाट भएको थियो । दुई उपाध्यक्ष पदका लागि निर्वाचनबाट अरुणकुमार श्रेष्ठ र प्रदीप अर्याल निर्वाचित भए । महासंघको वरिष्ठ उपाध्यक्षमा अच्युतराज खनाल र महासचिवमा पुष्पराज श्रेष्ठ सर्वसम्मत चयन भएको बताइएको छ ।


यस्तै सचिवमा धर्मराज पोखरेल, कोषाध्यक्षमा पूर्णप्रसाद रेग्मी निर्वाचित भएका छन् । सह कोषाध्यक्षमा टेकराज पोखरेल सन्तोष पनि सर्वसम्मत भए । छैटौं महाधिवेशनले प्रदेश संयोजकमा भोला पौडेल, कृष्णप्रसाद ढुंगेल, सृजना तिमिल्सिना, सोमप्रसाद भट्टराई , दधिराम कोइराला, चेतराज जोशी र श्यामराज हमाललाई चयन गरेको छ ।


साथै ९ जना कार्यसमिति सदस्यमा दिलिप अर्याल, सन्तोषकुमार कार्की, चिरञ्जीवी पौडेल, राजेशकुमार मल्लिक, दामोदर खराल, नीलकण्ठ थापा, कमलप्रसाद बिडारी, कमलराज ढुंगाना र कृष्णराज पौडेल चुनिएका छन् । नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको हुनेछ । ‘राष्ट्र निर्माणको आधार ,सुरक्षित ढुवानी समृद्ध व्यापार’  भन्ने नारालाई आत्मसाथ गरेर देशभरका ढुवानी व्यवसायीहरुलाई एकीकृत गर्ने र व्यवसायीहरुको साझा समस्याहरु समाधानका साथै हकहित संरक्षण गर्ने उद्देश्यका साथ २०६५ सालमा ढुवानी व्यवसायी महासंघ नेपालको स्थापना भएको हो । अहिले महासंघमा १८ वटा स्थानीय संस्थाहरु समेत आवद्ध रहेका छन् ।


निर्वाचित भएसंगै अध्यक्ष नेपालले ढुवानी क्षेत्रका साझा मुद्दाहरुमा अन्य यातायात महासंघ तथा संघहरुसँंग हातेमालो गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सरकारसँगको माग र मुद्दामा पनि गम्भीर बनेर अघि बढ्ने उनको कथन थियो । 


 

Tags: