डेभलपमेण्ट बैंकर्स एसोसिएसनद्वारा नवनियुक्त अर्थमन्त्रीलाई वधाई ज्ञापन

Image

काठमाडौं – विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन डेभपलमेण्ट बैंकर्स एसोसिएसन नेपालले नव नियुक्त अर्थमन्त्री वर्षमान पुनलाई शुक्रवार भेट गरी वधाई ज्ञापन तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ ।

डेभलपमेण्ट बैंकर्स एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठको नेतृत्वमा एसोसिएसनका पदाधिकारीले अर्थमन्त्री पुनलाई भेट गरेका थिए । उक्त भेटघाटका क्रममा एसोसिएसनका अध्यक्ष श्रेष्ठले देशको समग्र अर्थतन्त्रमा विकास बैंकहरूले पु¥याएको योगदानको वारेमा जानकारी गराएका थिए ।

भेटघाटका क्रममा नवनियुक्त अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको सर्वाङ्गिण विकासको लागि विकास बैंकहरुले पु¥याएको योगदानको प्रशंसा गर्नुका साथै कुनै पनि खराव मनसाय नराखी काम गर्दा सरकारले पूर्णरुपमा सहयोग गर्ने भएकोले निर्धक्कसँग काम गर्नको लागि सुझाव दिएका थिए ।

उक्त भेटघाटका क्रममा बैंकिङ व्यवसायका समस्या र चुनौतीहरुका वारेमा समेत छलफल भएको एसोसिएसनका उपाध्यक्ष तथा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह वोहराले वताए ।

 

Tags: