डीभी एजुकेशनद्वारा किशोरीहरूलाई ‘स्कील डेभलपमेन्ट वर्कसप’

Image

काठमाडौं – शैक्षिक क्षेत्रमा क्रियाशिल यस डीभी एजुकेशन ग्रुपअन्तर्गतको सेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीले प्रभावकारी रुपमा सामाजिक सञ्जाल प्रयोगको बारेमा ‘स्कील डेभलपमेन्ट वर्कसप’ सम्पन्न गरेको छ । कलेजले कलजेस्तरमा अध्ययनरत किशोरीहरूलाई लक्षित गरी शुक्रवार धुलिखेलमा उक्त कार्यक्रम गरेको हो ।

वर्कसपमा सामाजिक सञ्जालको प्रयोग, यसको उपयोगिता, सामाजिक सञ्जाल प्रयोगमा टेक्नोलोजीको ज्ञान लगायत विषयमा छलफल गरिएको थियो । कार्यक्रममा धुलिखेल नगरापालिका वडा नं ३ का अध्यक्ष गणेश आचार्यले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न सके यसबाट लाभ लिन सकिने भन्दै स्मार्ट फोनलाई स्मार्ट तरिकाले चलाए मात्र स्मार्ट बन्न सकिने विचार राखे ।

कलेजकी प्रिन्सिपल कविता शर्माले ‘डीभी एजुकेशन सक्षम नारी ४.०’ अभियान अन्तर्गत वर्कसप सञ्चालन गरिएको बताइन् । प्रविधिको प्रयोगमा जोकोही सचेत बन्नु पर्ने त्यसमा पनि किशोरीहरू विशेष रुपमा सचेत बन्नुपर्ने तथ्यलाई ध्यानमा राखेर वर्कसप आयोजना गरिएको प्रिन्सिपल शर्माले बताइन् । करीब ५० जना सहभागी रहेको कार्यक्रमको सहजीकरण सुफल काफ्ले र आनन्द कर्णले गरेका थिए ।

 

Tags: